दफा १३
महसुल निर्धारण गर्ने
(१) दफा १२ बमोजिम आयोगले निवेदन जाँचबुझ गरेपछि निवेदकले प्रस्ताव गरेको महसुल दर बमोजिम वा संशोधन सहित आयोगले निवेदन परेको मितिले साठी दिनभित्र महसुल निर्धारण गर्नेछ ।
तर निवेदकले प्रस्ताव गरेको महसुल दरमा बीस प्रतिशतभन्दा बढी फरक पर्ने गरी आयोगले महसुल निर्धारण गर्ने छैन ।
(२) उपदफा (१) बमोजिम आयोगले महसुल निर्धारण गर्दा निर्धारित वा परिवर्तित दर लागू हुने मिति समेत तोकी दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम महसुल निर्धारण गर्दा आयोगले दफा १० र ११ बमोजिमका आधारको अतिरिक्त प्रचलित कानून बमोजिम अनुमतिपत्र प्राप्त गरी वा सम्झौता गरी सेवा सञ्चालन गर्ने सेवा प्रदायकको हकमा त्यस्तो सम्झौता गर्दा वा अनुमतिपत्र प्रदान गर्दाका बखत तोकिएका अन्य शर्त समेतलाई महसुल निर्धारणको आधार बनाउन सक्नेछ ।
(४) आयोगले उपदफा (१) बमोजिम महसुल निर्धारण गर्नुअघि प्रस्तावित महसुल दर खुलाई तोकिए बमोजिम सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको सूचना प्रकाशन भए पछि प्रस्तावित महसुल दरका सम्बन्धमा उपभोक्ताबाट कुनै सुझाव वा प्रतिक्रिया प्राप्त हुन आएमा सो सम्बन्धमा उपभोक्ता संस्थाका प्रतिनिधिहरुसँग परामर्श गरी त्यस्तो सुझावलाई समेत आयोगले महसुल निर्धारणको आधार मान्न सक्नेछ ।
(६) कुनै व्यक्तिले सेवा प्रदायकलाई वा सेवा प्रदायकले कुनै व्यक्तिलाई खानेपानी वा सरसफाई सेवाको लागि एकमुष्ट पानी (बल्क वाटर सप्लाई) खरिद वा बिक्री गर्ने भएमा त्यसरी खरिद वा बिक्री गर्ने पानीको खरिद वा बिक्री मूल्य आयोगबाट पूर्व स्वीकृत गराउनु पर्नेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले एकमुष्ट पानी खरिद गर्ने उपभोक्ता र साधारण उपभोक्तालाई फरक फरक महसुल निर्धारण गर्न सक्नेछ ।
(८) महसुल निर्धारण सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।